७ असार २०८२, शनिबार । June 21, 2025

बाजुरामा नेपाल टेलिकमको गाडी दुर्घटना: ३ जनाको ज्यान गयो



बाजुरा । बाजुरामा मंगलबार बिहान भएको एक दर्दनाक दुर्घटनामा नेपाल टेलिकमको गाडी खस्दा ३ जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मार्तडीबाट टेलिकमको टावर निर्माणका लागि जाँदै गरेको बा ५ च २२०९ नम्बरको गाडी बिहान साढे ९ बजेतिर जगन्नाथ गाउँपालिका–२ स्थित भीरबाट खसेको हो । दुर्घटनामा सवार पाँच जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी इकवाल हवारीले जानकारी दिए । मृतक सबै नेपाल टेलिकमका कर्मचारी भएको अनुमान गरिए पनि उनीहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा नन्दराम सिरूवा र लोकेन्द्र सिरूवा रहेको पुष्टि भएको छ । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि कोल्टीस्थित स्वास्थ्य संस्थामा पठाइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो घटनाले सुदूरपश्चिमको विकट भेगमा सुरक्षित यातायात पहुँचको चुनौती पुनः उजागर गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार  १२ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली