८ आश्विन २०८३, बिहिबार । September 24, 2026

बाजुरामा नेपाल टेलिकमको गाडी दुर्घटना: ३ जनाको ज्यान गयो


१३ जेष्ठ २०८२, मंगलबार  

21
Shares

बाजुरा । बाजुरामा मंगलबार बिहान भएको एक दर्दनाक दुर्घटनामा नेपाल टेलिकमको गाडी खस्दा ३ जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मार्तडीबाट टेलिकमको टावर निर्माणका लागि जाँदै गरेको बा ५ च २२०९ नम्बरको गाडी बिहान साढे ९ बजेतिर जगन्नाथ गाउँपालिका–२ स्थित भीरबाट खसेको हो । दुर्घटनामा सवार पाँच जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी इकवाल हवारीले जानकारी दिए । मृतक सबै नेपाल टेलिकमका कर्मचारी भएको अनुमान गरिए पनि उनीहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा नन्दराम सिरूवा र लोकेन्द्र सिरूवा रहेको पुष्टि भएको छ । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि कोल्टीस्थित स्वास्थ्य संस्थामा पठाइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो घटनाले सुदूरपश्चिमको विकट भेगमा सुरक्षित यातायात पहुँचको चुनौती पुनः उजागर गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  १२ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको