७ असार २०८२, शनिबार । June 21, 2025

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती



कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका लागि अरूको मुख ताक्नुपर्दैन। युट्युबबाट सिकेको सीप र सहकारीबाट लिएको सानो ऋणको सहारामा उनले सुरु गरेको केक, पेष्टी र बदाम सेकको व्यवसाय अहिले मासिक ६० हजार रुपैयाँभन्दा बढीको कारोबारमा परिणत भएको छ।

कोरोना महामारीले गाउँकै विद्यालयको जागिर गुमेपछि बेरोजगार भएकी बसन्तीले उद्यम गर्ने अठोट त गरिन्, तर लगानीको अभावले दिशा भेटेकी थिइनन्। यत्ति बेला स्थानीय सृजनशील बचत तथा ऋण सहकारीले उनलाई नयाँ बाटो देखायो।

“इन्टरनेट हेर्दै व्यवसायीक आइडिया खोज्थेँ, केक र बदाम सेक सजिलो लाग्यो,” बसन्ती भन्छिन्। उनले एक लाख रुपैयाँको लगानीबाट व्यवसाय सुरु गरिन् र अहिले पाँच लाखभन्दा बढीको सामग्री थपिसकेकी छन्।

व्यवसाय बढ्दै जाँदा उनले गिफ्टका सामग्रीसमेत बेच्न थालिन् र मासिक आठ हजार रुपैयाँ सहकारीमै बचत गर्न थालेकी छन्। “पसलकै आम्दानीले घर चल्छ, छोरीको पढाइ पनि यही आम्दानीबाटै हुँदैछ,” बसन्तीको गर्विलो भनाइ छ।

सफलताको कथा बोकेकी बसन्ती अब स्वरोजगारका लागि प्रेरणादायी पात्र बनेकी छन्।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली