२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

चितवनको रत्ननगरमा यात्रुबाहक बस दुर्घटनाः १५ जना घाइते

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा एक यात्रुबाहक बस डिभाइडरमा ठोक्किँदा भएको दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्। लहानबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए। दुर्घटनाको बेला बसमा कुल ३९ जना सवार थिए।…