२७ कार्तिक २०८२, बुधबार । November 13, 2025

खुर्पा प्रहार गरि बुबाद्वारा छोरी र भतिजाको हत्या



चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित शुक्रनगरमा एक दर्दनाक पारिवारिक घटना घटेको छ।

४२ वर्षीय लिलाराज गिरीले आफ्नै परिवारका दुई बालबालिकाको हत्या गरेका छन्। लिलाराजले आफ्नी छोरी प्रभा गिरी र दाजु दया गिरीका अन्दाजी ७ वर्षीय छोरा सजन गिरीलाई धारिलो हतियार (खुर्पा) प्रयोग गरी आक्रमण गरेका थिए। गम्भीर घाइते भएका दुवै बालबालिकाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

आक्रोशित अवस्थाका लिलाराजले घटनापछि आफैंको घाँटी पनि रेटेर आत्महत्या प्रयास गरेका थिए। हाल उनको अवस्था गम्भीर रहेको र भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

उक्त घटनाको वास्तविक कारण अझै स्पष्ट भएको छैन। चितवन प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई