१ श्रावण २०८३, शुक्रबार । July 17, 2026

विराटनगरमा भेटियो विश्वमै दुर्लभ र विषालु कोब्रा

विराटनगर । विराटनगरमा दुर्लभ प्रजातिको मोनोस्लेड कोब्रा सर्प फेला परेको छ। विराटनगर महानगरपालिका–४, नोबेल अस्पताल पछाडि डाक्टर सुनील शर्माको घरमा देखिएको यो विषालु सर्पले स्थानीय तहदेखि उद्धारकर्मीको ध्यान तान्यो। घरका सदस्यले सर्प देखेपछि महानगरलाई जानकारी गराएका थिए। तत्काल उद्धार टोली पुगेको थियो, तर सर्प नियन्त्रणमा लिने क्रममा उद्धारकर्ता हबल्दार शम्भु घिमिरे घाइते भए। सर्पले टाढैबाट…