२५ आश्विन २०८३, आइतबार । October 11, 2026

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर


३१ बैशाख २०८२, बुधबार  

114
Shares

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन्।

पुम्दिकोटबाट पोखरातर्फ गइरहेको ग १ ख ३८८६ नम्बरको नगर बस अनियन्त्रित भई पल्टिएको हो। बसमा २६ जना सवार थिए, जसमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। कास्कीका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि