घोराही (दाङ) । घोराही उपमहानगरपालिकाको ९ नम्बर वडा स्थित साङ्ग्रिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर भीषण आगलागी भएको छ, जसबाट करोडौं रुपैयाँको क्षति भएको छ। प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आगलागीका कारण आठ बिघा क्षेत्रफलमा फैलिएको उद्योगको सम्पत्ति, काठ, कच्चा पदार्थ र प्लाई निर्माणका मेसिनहरु जलेर नष्ट भएका छन्। उद्योग नजिकका ३० भन्दा बढी…