४ असार २०८३, बिहिबार । June 18, 2026

गौतमबुद्ध विमानस्थल सञ्चालनको तयारीमा सरकार


१० चैत्र २०८१, सोमबार  

75
Shares

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्य सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना तयार गरिएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले उक्त जानकारी दिँदै, विमानस्थल सञ्चालनको सुरुआती चरणमा एयरलाइन्सलाई आकर्षित गर्नका लागि विभिन्न प्रोत्साहन कार्यक्रम लागू गरिएका बताए। उनका अनुसार, यात्रु भाडादरलाई प्रतिस्पर्धी बनाउँदै विमानस्थलको बजार प्रवर्द्धन र गन्तव्य प्रवर्द्धनमा जोड दिइने छ। यात्रु सुविधाका लागि श्रम, मेडिकल र भिसा प्रक्रिया सहज बनाउने पहल पनि भइरहेको छ।

महाप्रबन्धक तिवारीले सबै पक्षबीच सशक्त सहकार्य गरी समर सेड्युललाई निरन्तरता दिने र विमानस्थललाई विश्वसनीय बनाउने आवश्यकता औंल्याए। यसैबीच, गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन सुनिश्चित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चैत्र ९ गते सरोकारवालासँग छलफल गरेका छन्। विमानस्थलको नयाँ भू–उपग्रह आधारित ‘आरएनपी–एआर’ अवतरण प्रणाली पनि कार्यान्वयनमा आएको छ, जसले खराब मौसमका कारण उडान स्थगित हुनबाट रोक्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

विमानस्थलको तथ्याङ्कअनुसार, २०८१ कात्तिकदेखि नियमित उडान पुनःसञ्चालनमा आएपछि यात्रु सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। २०२५ मार्च २० सम्म १३,१८१ यात्रुले विमानस्थलको सेवा प्रयोग गरेका छन्।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ११ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा