२४ जेष्ठ २०८३, आइतबार । June 7, 2026

घोराहीमा साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी, करोडौंको क्षति


१० चैत्र २०८१, सोमबार  

48
Shares

घोराही (दाङ) । घोराही उपमहानगरपालिकाको ९ नम्बर वडा स्थित साङ्ग्रिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर भीषण आगलागी भएको छ, जसबाट करोडौं रुपैयाँको क्षति भएको छ।

प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आगलागीका कारण आठ बिघा क्षेत्रफलमा फैलिएको उद्योगको सम्पत्ति, काठ, कच्चा पदार्थ र प्लाई निर्माणका मेसिनहरु जलेर नष्ट भएका छन्।

उद्योग नजिकका ३० भन्दा बढी घरहरु पनि जोखिममा परेको हुँदा स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। आगो निभाउन घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुका दमकल, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासी जुटेका छन्। आगो राति २ बजे लागेको भएता पनि अहिले पनि नियन्त्रणमा आउन सकेको छैन।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  १० : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६