७ बैशाख २०८२, आइतबार । April 21, 2025

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !



बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह नाका क्षेत्रमा तस्करीको समस्या बढ्दो छ।

भारतबाट विभिन्न सामानहरू, जस्तै चीनी, मैदा, प्याज, दाल, खाने तेल, बिस्कुट, कुखुरा, चल्ला, मेसनरी सामग्री, लत्ताकपडा, र हार्डवेयर सामानहरू कालिदह बजारको गोदामहरूमा स्टोर गरी, मोटरसाइकल र साइकलमा लोड गरी भित्री गाउँहरुमा पुर्याइन्छ। यी सामानहरू खुनगाई, मनौरा, मोहसड, मोगलहाँ, लोन्डीहवा, सुर्यपुरा हुँदै बुटवलसम्म पुर्याइन्छ। यद्यपि, कालिदह छोटी भन्सार कार्यालय, कालिदह चौकी र शस्त्र प्रहरीको उपस्थिति रहेपनि , तस्करी नियन्त्रणमा पर्याप्त कदम चालिएको देखिदैन छैन ।

तस्करहरू खुलेआम मोटरसाइकल र साइकलमा समानहरू लैजान थालेका छन्, जसले स्थानीयवासीहरूलाई चिन्तित बनाएको छ। सुरक्षा बलहरूको सक्रियता भएता पनि तस्करी नियन्त्रणमा प्रभावकारी उपायहरू अपनाइएको छैन, जसका कारण स्थानीय बासिन्दाहरूले तस्करीको बढ्दो समस्या देखाउँदै सुरक्षा व्यवस्थामा सुधारको माग गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ३ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक