७ बैशाख २०८२, आइतबार । April 21, 2025

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण



बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ।

न्यू होराइजन माबिले शुक्रवार एक विशेष कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको उपस्थितिमा शौचालय उद्घाटन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनलाई हस्तान्तरण गरेका छन्। विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले खेलकुदको क्षेत्रमा योगदान पुर्याउँदै एन्फा परिसरमा सुविधासम्पन्न शौचालय निर्माण भएको बताए। उनले यो शौचालय विद्यालयको ३५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका रूपमा समुदायलाई योगदान दिने उद्देश्यले निर्माण गरिएको पनि उल्लेख गरे।

कार्यक्रममा नगरप्रमुख पाण्डेयले शुद्ध पिउने पानी र सार्वजनिक शौचालयको व्यवस्थापनको महत्त्व औंल्याउँदै यस किसिमका योगदानहरूले समाजको लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनले निजी अस्पताल र विद्यालयहरूबाट थप सामाजिक दायित्वमा काम गर्न आग्रह गरेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले, “ठाउँको पहिचान र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै एन्फाले गुणात्मक योगदान गर्दै समाजलाई फाइदा पुर्याएको छ” भने। कार्यक्रममा विद्यालयका सल्लाहकार बिमल बहादुर शाक्य, कोषाध्यक्ष निर्मल लाकौल, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विश्वास ढकाल, उपप्राचार्य बासुदेव अर्याल लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  १० : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक