५ असार २०८३, शुक्रबार । June 19, 2026

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण


७ चैत्र २०८१, शुक्रबार  

36
Shares

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ।

न्यू होराइजन माबिले शुक्रवार एक विशेष कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको उपस्थितिमा शौचालय उद्घाटन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनलाई हस्तान्तरण गरेका छन्। विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले खेलकुदको क्षेत्रमा योगदान पुर्याउँदै एन्फा परिसरमा सुविधासम्पन्न शौचालय निर्माण भएको बताए। उनले यो शौचालय विद्यालयको ३५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका रूपमा समुदायलाई योगदान दिने उद्देश्यले निर्माण गरिएको पनि उल्लेख गरे।

कार्यक्रममा नगरप्रमुख पाण्डेयले शुद्ध पिउने पानी र सार्वजनिक शौचालयको व्यवस्थापनको महत्त्व औंल्याउँदै यस किसिमका योगदानहरूले समाजको लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनले निजी अस्पताल र विद्यालयहरूबाट थप सामाजिक दायित्वमा काम गर्न आग्रह गरेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले, “ठाउँको पहिचान र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै एन्फाले गुणात्मक योगदान गर्दै समाजलाई फाइदा पुर्याएको छ” भने। कार्यक्रममा विद्यालयका सल्लाहकार बिमल बहादुर शाक्य, कोषाध्यक्ष निर्मल लाकौल, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विश्वास ढकाल, उपप्राचार्य बासुदेव अर्याल लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  १० : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा