काठमाडौं । झण्डै एक महिनादेखि जारी सुनचाँदी व्यवसायीको आन्दोलन बिहीबारको ६ बुँदे सहमतिसँगै स्थगित भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सरकारसँगको सहमतिपछि शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्नेछन्। महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार, व्यवसायीका माग सम्बोधन गर्न सरकार र महासंघबीच सहमति भएपछि आन्दोलनका सबै कार्यक्रमहरू स्थगन गरिएको हो। सहमतिअनुसार कर तथा भ्याटबारे अध्ययन गर्न…