५ कार्तिक २०८३, बिहिबार । October 22, 2026

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन नदिने एमालेको निर्णय


७ श्रावण २०८२, बुधबार  

12
Shares

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ।

सोमबार र मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकको समापन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले यस्तो निर्णय सुनाएका हुन्। ओलीले पार्टीको विधानको धारा ८ र ९ लाई आधार बनाएर भण्डारीको पार्टी सदस्यता नवीकरण हुन नसक्ने स्पष्ट पारेका छन्। यसै सन्दर्भमा उनले भण्डारीको सक्रिय राजनीतिक भूमिकामा पुनः प्रवेश निषेध गरिएको घोषणा गरे।

तर, ओलीको यो निर्णयमा पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले असहमति जनाएका छन्। उनीहरूले बैठकमै ‘नोट अफ डिसेन्ट’ पेश गर्ने तयारी गरेका छन्।

एमालेको यो निर्णयसँगै पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनको सम्भावनामा ठूलो प्रश्न उठेको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ६ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि