काठमाडौं । नेपालका सांसद योगेश गौचन थकालीले जनसंख्या र विकाससम्बन्धी सांसदहरूको एसियाली फोरम (एएफपीपीडी) को वार्षिक क्षेत्रीय सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका छन्। फिलिपिन्समा भइरहेको उक्त सम्मेलनमा उनले नेपालले दीगो विकास लक्ष्य (एसडीजी) २०३० का एजेन्डा कार्यान्वयनमा हासिल गरेका उपलब्धि तथा सामना गरिरहेका चुनौतीबारे विस्तृत प्रस्तुति दिएका थिए। साथै, ‘सांसदहरूको सञ्जाल’ शीर्षकमा आयोजित चौथो सेसनको…