२४ जेष्ठ २०८३, आइतबार । June 7, 2026

पूर्वराष्ट्रपति भण्डारीको प्रष्टोक्तिः पार्टी सदस्यताबाट हटाउनु असंवैधानिक र दुर्भाग्यपूर्ण


९ श्रावण २०८२, शुक्रबार  

12
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता हटाउने विषय अनावश्यक विवादको रूपमा चित्रण गर्दै त्यसप्रति गम्भीर असन्तोष व्यक्त गरेकी छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको संविधान, कानून, तथा नागरिकको स्वतन्त्रताको मर्म विपरित पार्टीको निर्णय आएको बताउँदै त्यसले आफैं पार्टीको साखमा आघात पुर्‍याउने चेतावनी दिइन्। “पार्टी सदस्यताबाट हटाउनुपर्ने कुनै ठोस कारण छैन। यो केवल अपरिपक्व र भावनामा बगेको निर्णय हो, जसले संस्थाको गरिमा घटाउँछ,” भण्डारीले भनिन्। उनले संविधानमा गारन्टी गरिएका अधिकारमाथि पार्टीको यस्तो हस्तक्षेपले चिन्ताजनक नजिर सिर्जना गर्न सक्ने बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले विवेकमा आधारित निर्णयको आवश्यकता औंल्याउँदै, यस्ता आवेगपूर्ण कदमले वास्तविकता ढाक्न नसक्ने स्पष्ट पारिन्।

उनले जबज (जनताको बहुदलीय जनवाद) को मूल भावना अनुसार पार्टीले पुनर्विचार गर्नु पर्ने आवश्यकता रहेको पनि संकेत गरिन्।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६