काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु निर्वाचन आज नहुने भएको छ । सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मध्यराति गएर क्याम्पसको मूख्य गेटमा तालाबन्दी गरेपछि निर्वाचन तालिका सार्नु परेको हो । निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी…