२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

समाजवादी मोर्चाले काठमाडौंमा १५ गते वृहत् जनसभा आयोजना गर्ने निर्णय



काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले आगामी चैत १५ गते राजधानी काठमाडौंमा एक भव्य जनसभा आयोजना गर्ने योजना बनाएको छ।

मोर्चाको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जनसभा भव्य बनाउने र हजारौं जनताको सहभागिता सुनिश्चित गर्ने उद्देश्य रहेको जानकारी दिएका छन्। उनले भने, “यो प्रदर्शन निकै ठूलो हुने छ, जसले प्रतिगामी कदम र हर्कतलाई नकारात्मक प्रभाव पार्नेछ। हामीले १५ गतेको कार्यक्रमलाई सफल बनाउन सबै तयारी पूरा गर्ने निर्णय गरेका छौं।” साथै, संसदवादी दल र अन्य दलहरूसँग छलफल गर्न, गणतन्त्रको रक्षा र समाजवादतर्फको यात्रा सुनिश्चित गर्न छलफल गर्ने कुरा पनि बैठकमा निर्णय भएको छ।

साथै, मोर्चाले प्रदर्शनको तयारीका लागि भोलि बिहान ११ बजे बुद्धिजीवी र नागरिक समाजसँग परामर्श बैठक आयोजना गर्ने निर्णय गरेको छ। दिउँसो २:३० बजे पत्रकार सम्मेलनको पनि आयोजना गरिनेछ। कुपण्डोल स्थित हिमालयन होटेलमा दुवै कार्यक्रम हुनेछन्।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई