७ बैशाख २०८३, सोमबार । April 20, 2026

राजावादीसँग डरायो एमाले, अब राजावादी विरुद्ध सडकमा: कहाँ र कहिले हुनेछ प्रदर्शन ?


७ चैत्र २०८१, शुक्रबार  

90
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशमा भइरहेको प्रतिगामी गतिविधिहरूका विरुद्ध जनतालाई सचेत पार्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले एक विस्तृत जनसचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

यस अभियानको प्रमुख उद्देश्य भनेको राजावादी समूहका गतिविधिहरूलाई काउन्टर गर्ने र लोकतन्त्रको रक्षा गर्नु हो। एमालेले चैत ११ गते एकै समयमा देशभरका सबै वडामा जनसचेतना कार्यक्रमको थालनी गर्ने घोषणा गरेको छ।

तीन महिनाको वडाकेन्द्रित अभियानको क्रममा, चैत ११ देखि ३० गतेसम्म विभिन्न स्थानहरूमा जनपरिचालन र जनसचेतना कार्यक्रम आयोजना गरिनेछ। चैत १८ गते विशेष मोटरसाइकल र्‍यालीहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा आयोजना हुनेछन्।

यसका अतिरिक्त, चैत २४ देखि ३० गतेसम्म विशेष प्रदर्शन र जनसभाहरू विभिन्न प्रदेशका प्रमुख शहरहरूमा हुनेछन्। कार्यक्रमहरूमा पार्टीका केन्द्रीय नेताहरू पनि भाग लिनेछन्। महासचिव शङ्कर पोखरेलले प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई निर्देशन दिँदै, कार्यक्रमहरूलाई प्रभावकारी ढंगले लागू गर्नका लागि सबैलाई सचेत गराएका छन्।

नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धतासाथ, एमालेले पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका विकास र परिवर्तनहरूको तथ्यसमेत साझा गर्दै जनसचेतना अभियानलाई प्रभावकारी बनाउनका लागि सबै तहका कार्यकर्ताहरूलाई सचेत गराउने छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित