काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता र पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिराहाको औरही गाउँपालिका–५ मा दीपक मलिक (डोम) को घर तोड्ने घटनाको कडा भत्र्सना गरेका छन्। उनले आइतबार जारी गरेको विज्ञप्तिमा सो घटनामा संलग्न सबैलाई कडा कारबाहीको माग गरेका छन्। खनालले मलिकको परिवार ३० वर्षदेखि उक्त स्थानमा बसोबास गर्दै आएको र ५ वर्षअघि 'जनता आवास कार्यक्रम'अन्तर्गत घर…