काठमाडौं । महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नका लागि प्रधानमन्त्री केपी ओली पशुपतिनाथ मन्दिरमा पुगेका छन् । प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन समेत दिएका छन् ।…