३० भदौ २०८३, मंगलबार । September 15, 2026

राजावादीले एकीकृत समाजवादी कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार राजावादी प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले कार्यालयको फर्निचर र कागजपत्रहरू बाहिर निकालेर आगो लगाएका छन्। तीनकुनेमा राजावादी समूहको प्रदर्शन उग्र भएपछि उनीहरूले कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए। तीनकुनेको सभा पछि प्रदर्शनकारीहरू पेरिसडाँडा क्षेत्रमा पुगे, जहाँ गाडीमा तोडफोड…