२९ माघ २०८२, बुधबार । February 11, 2026

गणतन्त्र पक्षसँग भिड्ने तयारीमा राजावादी !



काठमाडौं । राजावादी समूहले भोलि (शुक्रबार) काठमाडौंमा आयोजना गर्ने प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। तर, विज्ञानका आधारमा क्रिया र प्रतिक्रिया हुने सम्भावनाको बारेमा सचेत गराउँदै उनीहरूले कुनै पनि परिस्थिति उपेक्षा नगर्न आग्रह गरेका छन्।

राजावादी र गणतन्त्रवादी समूह दुवैले काठमाडौंका छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्ने छन्। काठमाडौं प्रशासनका अनुसार, राजावादीहरूको प्रदर्शन तिनकुनेमा र गणतन्त्रवादीहरूको प्रदर्शन भृकुटीमण्डपमा हुनेछ।

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, “हामी द्वन्द्व, मुठभेड, तोडफोड, आगजनी, हिंसा र गृहकलह सहन नसक्ने अवस्थामा छौं। यसलाई हामीले शान्तिपूर्ण सहकार्यका रुपमा अघि बढाउनेछौं, तर यसलाई कमजोरी नठान्नुहोस्।”

सुवेदीले थप भने, “विज्ञानको नियम अनुसार क्रिया पछि प्रतिक्रिया अवश्य हुन्छ। यदि यसलाई कमजोरी ठानेर बेवास्ता गरियो भने परिणाम अनुकूल नहुन सक्छ।” उनले भने, आफ्नो समूहको प्राथमिकता राजसंस्थाको पुनर्स्थापना गरेर सहमतिको बाटोमा अघि बढ्ने रहेको छ।

राजावादीहरूको मुख्य मागमा संवैधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्यको पुनःस्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन समावेश छन्।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ४ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी