४ असार २०८३, बिहिबार । June 19, 2026

‘अरिङ्गाल’ पछि ‘बाघ’ बन्न युवा कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन


१२ चैत्र २०८१, बुधबार  

30
Shares

काठमाडौं । प्रधानमन्त्री र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवा कार्यकर्तालाई ‘बाघ’ बन्ने प्रेरणा दिएका छन्। राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलामा बोल्दै उनले युवा संघको शक्तिलाई सही ढंगले परिचालन गर्न आह्वान गर्दै यसले प्रतिगामी शक्तिहरूसँग लड्न सक्षम हुनु पर्ने बताएका छन्।

ओलीले भनें, “हामीले संघर्ष गरेर ल्याएको अधिकारलाई खोस्ने तागत कसैको छैन, र यो कुरा विशेष गरी युवाहरूले अझ स्पष्ट पार्न सक्छन्। यदि देशलाई संकटमा पार्ने प्रयास भयो भने, युवा संघले बाघको जस्तो आक्रमण गर्नेछ।” उनले युवाहरूलाई व्यवस्थीत र मर्यादित तरिकामा शक्ति प्रयोग गर्नको लागि निर्देशन दिएका छन्।

यसअघि पनि ओलीले युवा संघलाई ‘अरिंगाल’ बन्ने आह्वान गरेका थिए। २०७९ असोज महिनामा ओलीले युवालाई पार्टीविरुद्ध भ्रम फैलाउने सञ्चारमाध्यमहरू र अन्य विकास विरोधी शक्तिहरूसँग लड्न अरिङ्गालको जस्तो आक्रमण गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ५ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा