एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक गर्दै ग्वेन्ग्याम्पलाई ३–२ को रोमाञ्चक जित दिलाएकी छन्। रेलिगेशन भइसकेको ग्वेन्ग्याम्पका लागि यो जितले लिगको निराशाजनक सिजनलाई कम्तीमा व्यक्तिगत रूपमा साम्बाका लागि स्मरणीय बनायो। बुधबार स्टेड सेन्टर फर्मेसनमा भएको खेलमा घरेलु टोली ग्वेन्ग्याम्पले सेन्ट–एटिएन फेमिनिन्सलाई ३–२ ले पराजित गर्यो। पहिलो…