२४ असार २०८२, मंगलबार । July 8, 2025

चार वायुको प्रभाव कायमै, वर्षा र हिमपातको सम्भावना



काठमाडौं । देशभरको मौसममा हाल पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस प्रणालीको कारण कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने देशका अन्य भागहरूमा मौसम सामान्यतया सफा छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानमा अहिले हल्का वर्षा भइरहेको छ, कतिपय स्थानमा चट्याङ्ग पनि परेको जानकारी प्राप्त भएको छ।

आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने सम्भावना रहेको छ। देशका पहाडी भेगका केही स्थान र अन्य क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, हिमाली क्षेत्रका एक वा दुई स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। मौसमको यस्तो अवस्थाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पुर्‍याउन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले