२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित


२५ बैशाख २०८२, बिहिबार  

231
Shares

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक गर्दै ग्वेन्ग्याम्पलाई ३–२ को रोमाञ्चक जित दिलाएकी छन्।

रेलिगेशन भइसकेको ग्वेन्ग्याम्पका लागि यो जितले लिगको निराशाजनक सिजनलाई कम्तीमा व्यक्तिगत रूपमा साम्बाका लागि स्मरणीय बनायो। बुधबार स्टेड सेन्टर फर्मेसनमा भएको खेलमा घरेलु टोली ग्वेन्ग्याम्पले सेन्ट–एटिएन फेमिनिन्सलाई ३–२ ले पराजित गर्‍यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्रै पाँच गोल भएका थिए। खेलको ५४औं मिनेटमा सेन्ट–एटिएनकी अमान्डाइन पियरे–लुइसले टोलीलाई अग्रता दिलाइन्।

तर तीन मिनेटमै सावित्राले बराबरी गोल फर्काइन्। ६१औं मिनेटमा एडेल कोनेसनको गोलले पाहुना टोलीलाई पुनः अग्रता दिलाए पनि सावित्राले खेलको ८५औं मिनेटमा दोस्रो गोल गर्दै स्कोर बराबरीमा ल्याइन्। इन्जुरी समयको अन्तिम (९०+५ मिनेट) मा सावित्राले आफ्नो तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो र टोलीलाई सिजनको तेस्रो जित दिलाउन सफल भइन्।

२०८० माघमा फ्रेन्च टप डिभिजन क्लब ग्वेन्ग्याम्पमा आबद्ध भएकी सावित्राले क्लबका लागि यो सिजन कुल ६ गोल गरिन्, जसमा दुई गोल पेरिस सेन्ट–जर्मेन (पिएसजी)विरुद्ध थिए। व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरे पनि सावित्राको टोली भने तीन खेल बाँकी हुँदा नै रेलिगेशनमा परिसकेको थियो। २२ खेलबाट केवल ९ अंक जोड्न सफल ग्वेन्ग्याम्प लिगको पुछारमा रहेर सिजन टुंग्यायो।

सावित्राको यो प्रदर्शनले नेपाली महिला फुटबलमा अन्तर्राष्ट्रिय स्तरमा भएको उनको योगदानलाई अझ मजबुत बनाएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ