४ असार २०८३, बिहिबार । June 18, 2026

भारत–पाकिस्तान तनावः भारततर्फ १० र पाकिस्तानतर्फ ३६ सर्वसाधारणको मृत्यु पुष्टि


२४ बैशाख २०८२, बुधबार  

156
Shares

एजेन्सी । गएरातिदेखि भारत–पाकिस्तान सीमा क्षेत्रमा चर्किएको तनावले ठूलो मानवीय क्षति निम्त्याएको छ।

पुंछ जिल्लाको नियन्त्रण रेखा नजिकै भएका गोलाबारी र हवाई आक्रमणमा भारतले आफ्ना १० जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ, भने ३२ जना घाइते भएका छन्। यसैबीच पाकिस्तानले पनि भारतीय आक्रमणबाट ठूलो क्षति भएको दाबी गरेको छ। पाकिस्तान सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीका अनुसार, भारतीय हवाई आक्रमण र गोलीबारीमा पाकिस्तानतर्फका २६ सर्वसाधारणले ज्यान गुमाएका छन्, जबकि ४६ जना घाइते भएका छन्।

उता, भारतको आक्रमण पाकिस्तान प्रशासित कश्मीरमा जैश(ए(मोहम्मद आतङ्ककारी संगठनका संरचना र व्यक्तिमाथि लक्षित थियो। बीबीसी उर्दूका अनुसार, यस आक्रमणमा जैश प्रमुख मसुद अजहरका परिवारका १० सदस्य मारिएका छन्। साथै उनका ६ जना निकट सहयोगीको पनि मृत्यु भएको छ।

भारतको संसदमाथिको आक्रमणदेखि मुम्बई आतंकवादी घटनासम्म संलग्न मानिएका अजहर सन् २०१९ मा संयुक्त राष्ट्रसंघद्वारा घोषित विश्व आतङ्ककारी हुन्। सीमापारको यो हिंसात्मक झडपले दुई देशबीचको द्वन्द्व झनै पेचिलो बन्दै गएको देखिएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  २ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा