१ मंसिर २०८२, आइतबार । November 17, 2025

भारत–पाकिस्तान तनावः भारततर्फ १० र पाकिस्तानतर्फ ३६ सर्वसाधारणको मृत्यु पुष्टि



एजेन्सी । गएरातिदेखि भारत–पाकिस्तान सीमा क्षेत्रमा चर्किएको तनावले ठूलो मानवीय क्षति निम्त्याएको छ।

पुंछ जिल्लाको नियन्त्रण रेखा नजिकै भएका गोलाबारी र हवाई आक्रमणमा भारतले आफ्ना १० जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ, भने ३२ जना घाइते भएका छन्। यसैबीच पाकिस्तानले पनि भारतीय आक्रमणबाट ठूलो क्षति भएको दाबी गरेको छ। पाकिस्तान सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीका अनुसार, भारतीय हवाई आक्रमण र गोलीबारीमा पाकिस्तानतर्फका २६ सर्वसाधारणले ज्यान गुमाएका छन्, जबकि ४६ जना घाइते भएका छन्।

उता, भारतको आक्रमण पाकिस्तान प्रशासित कश्मीरमा जैश(ए(मोहम्मद आतङ्ककारी संगठनका संरचना र व्यक्तिमाथि लक्षित थियो। बीबीसी उर्दूका अनुसार, यस आक्रमणमा जैश प्रमुख मसुद अजहरका परिवारका १० सदस्य मारिएका छन्। साथै उनका ६ जना निकट सहयोगीको पनि मृत्यु भएको छ।

भारतको संसदमाथिको आक्रमणदेखि मुम्बई आतंकवादी घटनासम्म संलग्न मानिएका अजहर सन् २०१९ मा संयुक्त राष्ट्रसंघद्वारा घोषित विश्व आतङ्ककारी हुन्। सीमापारको यो हिंसात्मक झडपले दुई देशबीचको द्वन्द्व झनै पेचिलो बन्दै गएको देखिएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  २ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई