२ असार २०८२, सोमबार । June 16, 2025

नेप्सेमा उत्साहजनक उछाल, ६१ अंकले परिसूचक उक्लिँदै २६७२ विन्दुमा



काठमाडौं । नेपाली सेयर बजारमा बुधबार विशेष उत्साह देखियो।

लामो समयपछि बजारमा यति ठूलो उछाल देखिएको हो। कारोबार सकिँदासम्म नेप्से परिसूचक ६१ अंकले उकालो लागेर २६७२ विन्दुमा पुगेर रोकिएको छ। बुधबारको दिन कुल २ करोड ७३ लाख कित्ता सेयर किनबेच भएको छ, जसबाट कारोबार रकम १० अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। बजारमा सक्रिय २४६ कम्पनीमध्ये २२७ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने १८ कम्पनीका सेयर घटेका छन्। एक कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार रकमको आधारमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप पावर, राधि विद्युत, युनिर्भसल पावर, र सिंगटी हाइड्रोपावर अगाडि रहे। यी कम्पनीहरूले ४० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्। नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीमा आज सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, अन्य चार कम्पनीका सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि देखियो। यता, घट्ने कम्पनीमध्ये न्यादी हाइड्रोपावर अग्रस्थानमा रह्यो। इन्डेक्सको हिसाबले हेर्दा सबै समूह सकारात्मक रहेको पाइन्छ।

सबैभन्दा धेरै वृद्धि फाइनान्स समूहमा देखियो, जसले ५.५५ प्रतिशतको सुधार हासिल गर्‍यो।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक

सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कोशी र सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

काठमाडौं । हाल देशका विभिन्न भू-भागमा सक्रिय मनसुनी प्रणालीसँगै केही

इजराइली हमलामा इरानका सैन्य प्रमुखको मृत्यु, प्रतिकारको तयारीमा इरान

एजेन्सी । इजराइलले इरानमाथि गरेको हवाई आक्रमणमा इरानका उच्च सैन्य