२० श्रावण २०८३, बुधबार । August 5, 2026

मनकामना दर्शनमा आएका भारतीय पर्यटकको शौचालयमा लडेर ज्यान गयो

काठमाडौं । मनकामना मन्दिरको दर्शनका लागि आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–४ मा रहेको मनकामना केवलकार स्टेशनको शौचालयमा लडेका गुजरात राज्य, पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज ज्यान गएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार भट्ट शौचालयमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्कालै उपचारका लागि…