४ असार २०८३, बिहिबार । June 18, 2026

सेयर बजार ओरालो, २.९७ अंकले घट्दै २६७७ विन्दुमा बन्द


१२ जेष्ठ २०८२, सोमबार  

9
Shares

काठमाडौं । नेपाली सेयर बजार सोमबार कारोबारको सुरुमा उत्साहजनक देखिए पनि दिनको अन्त्यसम्म आइपुग्दा सामान्य गिरावटसहित बन्द भएको छ।

प्रि–ओपनिङ सेसन र सुरुका केही मिनेटमै करिब ६६ अंकले उक्लिएको नेप्से परिसूचक अन्ततः २.९७ अंकले घट्दै २६७७ विन्दुमा पुगेको हो। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले शेयर बजारप्रति केही खुकुलो दृष्टिकोण अपनाएको थियो। त्यसकै प्रभावस्वरूप बजारमा सुरुआती उछाल देखिएको भए पनि बिक्रेताको चाप बढेसँगै बजार कमजोर हुँदै गएको देखिन्छ।

आजको कारोबारमा कुल ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कुल ९२ कम्पनीको मूल्य बढेको छ भने १५५ कम्पनीको मूल्य घटेको छ। यद्यपि समग्र बजारमा सामान्य गिरावट देखिए पनि बैंकिङ समूहसहित केही सूचक भने हरियालीमा बन्द भएका छन्। होटल तथा माइक्रोफाइनान्स समूहका सूचकहरू भने घटेका छन्।

आजको कारोबारमा ओम मेगाश्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, भने गुराँस लघुवित्त र बाराही हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको हो। व्यापक कारोबारका आधारमा आज राधी जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो भने कारोबार संख्या र सेयर संख्याका हिसाबले ङादी ग्रुप पावर अगाडि देखियो।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ४ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा