२७ कार्तिक २०८२, बुधबार । November 13, 2025

माओवादीको माग: गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ



काठमाडौं । भिजिट भिसा प्रकरणले तातेको राजनीतिक माहोलबीच नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।

आज बिहान सम्पन्न पार्टी पदाधिकारी बैठकले लेखकले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, “आजको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहजता ल्याउनुपर्ने ठहर गरेको छ। राज्यका निकायले छानबिन थालिसकेको अवस्थामा उहाँले मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ। प्रभाव र पावरको दुरुपयोग रोक्न राजीनामा आवश्यक छ।”

उनका अनुसार, छानबिन प्रक्रिया पारदर्शी र निष्पक्ष होस् भन्ने माओवादी केन्द्रको चाहना हो, र त्यसका लागि मन्त्रीले पदमा बसिरहनु उचित नहुने निष्कर्षमा पार्टी पुगेको हो। यता, सोही दिन बिहान बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले भने गृहमन्त्री लेखकको संलग्नता नरहेको भन्दै उनको राजीनामा आवश्यक नरहेको स्पष्ट पारेको छ।

यसै विषयमा सत्ता गठबन्धनभित्र फरक धारणा सार्वजनिक भएका छन्।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  ११ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई