११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

माओवादीको माग: गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ


१२ जेष्ठ २०८२, सोमबार  

12
Shares

काठमाडौं । भिजिट भिसा प्रकरणले तातेको राजनीतिक माहोलबीच नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।

आज बिहान सम्पन्न पार्टी पदाधिकारी बैठकले लेखकले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, “आजको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहजता ल्याउनुपर्ने ठहर गरेको छ। राज्यका निकायले छानबिन थालिसकेको अवस्थामा उहाँले मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ। प्रभाव र पावरको दुरुपयोग रोक्न राजीनामा आवश्यक छ।”

उनका अनुसार, छानबिन प्रक्रिया पारदर्शी र निष्पक्ष होस् भन्ने माओवादी केन्द्रको चाहना हो, र त्यसका लागि मन्त्रीले पदमा बसिरहनु उचित नहुने निष्कर्षमा पार्टी पुगेको हो। यता, सोही दिन बिहान बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले भने गृहमन्त्री लेखकको संलग्नता नरहेको भन्दै उनको राजीनामा आवश्यक नरहेको स्पष्ट पारेको छ।

यसै विषयमा सत्ता गठबन्धनभित्र फरक धारणा सार्वजनिक भएका छन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ११ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली