न्युयोर्क। न्यूयोर्क सहरको प्रसिद्ध ब्रुकलिन ब्रिजमा ठोक्किएपछि मेक्सिकन नौसेनाको एक प्रशिक्षण जहाज क्षतिग्रस्त भएको छ। विशेष समारोहमा सहभागी हुन न्यूयोर्क आएको उक्त जहाज शनिबार साँझ दुर्घटनामा परेको हो। सो जहाज पुलमुनिबाट गुज्रिँदै गर्दा त्यसको अग्लो खम्बा पुलमा ठोक्किएको भिडियो सार्वजनिक भइसकेको छ। ठोक्किएपछि खम्बाको केही भाग भाँचिएर जहाजमै खसेको जनाइएको छ। स्थानीय मिडियाका अनुसार, घटनामा…