४ पुस २०८२, शुक्रबार । December 20, 2025

नेपाल वायुसेवाका दुवै ट्वीनअटर विमान पुनः नियमित उडानमा

काठमाडौं । लामो समयदेखि ग्राउण्डेड अवस्थामा रहेका नेपाल वायुसेवा निगमका दुवै ट्वीनअटर विमान पुनः नियमित उडानमा फर्किएका छन्। निगमका प्रवक्ता सुवास डाँगीका अनुसार ‘नाइन एन–एबीटी’ र ‘नाइन एन–एबीयू’ दुवै विमान नियामकीय प्रक्रिया पूरा गरेपछि वैशाख २९ गतेदेखि नियमित तालिकाअनुसार सञ्चालनमा आएका हुन्। दुवै विमान थन्किएपछि विशेषगरी दुर्गम तथा हिमाली भेगका यात्रुहरू आवागमनमा समस्या भोगिरहेका थिए।…