२६ भदौ २०८३, शुक्रबार । September 11, 2026

ब्रुकलिन ब्रिजमा ठोक्किँदा मेक्सिकन नौसेनाको जहाज क्षतिग्रस्त, केही घाइते


४ जेष्ठ २०८२, आइतबार  

24
Shares

न्युयोर्क। न्यूयोर्क सहरको प्रसिद्ध ब्रुकलिन ब्रिजमा ठोक्किएपछि मेक्सिकन नौसेनाको एक प्रशिक्षण जहाज क्षतिग्रस्त भएको छ। विशेष समारोहमा सहभागी हुन न्यूयोर्क आएको उक्त जहाज शनिबार साँझ दुर्घटनामा परेको हो।

सो जहाज पुलमुनिबाट गुज्रिँदै गर्दा त्यसको अग्लो खम्बा पुलमा ठोक्किएको भिडियो सार्वजनिक भइसकेको छ। ठोक्किएपछि खम्बाको केही भाग भाँचिएर जहाजमै खसेको जनाइएको छ। स्थानीय मिडियाका अनुसार, घटनामा केही व्यक्ति घाइते भएका छन् भने न्युयोर्क सिटीको आपतकालीन व्यवस्थापन एजेन्सी उद्धार तथा राहत कार्यमा खटिएको छ। यद्यपि विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

मेक्सिकन नौसेनाले जहाजमा क्षति पुगेको पुष्टि गर्दै हाल घटनाको औपचारिक अनुसन्धान सुरु भइसकेको जनाएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated