७ असार २०८२, शनिबार । June 21, 2025

महीला टी-२० विश्वकप छनोटः नेपाली महिला टिम सुपर-३ मा



काठमाडौं । थाइल्यान्डमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सुपर–३ चरणमा स्थान बनाएको छ।

समूह ‘सी’ अन्तर्गतको अन्तिम खेल — हङकङ र बहराइनबीचको प्रतिस्पर्धा वर्षाका कारण रद्द भएपछि नेपाललाई सुपर–३ मा पुग्न बाटो खुलेको हो। चार खेलमा दुई जित, एक हार र एक अंक बाँडफाँडसहित नेपालले ५ अंक जोड्यो र समूहको शीर्ष स्थानमा रह्यो। हङकङले पनि ५ अंक नै जोडेको भए पनि उसले मात्र एक जित निकाल्न सकेको थियो। बाँकी तीन खेल वर्षाका कारण अवरुद्ध भएका थिए।

प्रतियोगिताको नियमअनुसार अंक बराबरी भएमा बढी जितलाई प्राथमिकता दिइने प्रावधान छ, जसका आधारमा नेपालले हङकङलाई पछि पार्दै सुपर–३ मा स्थान सुरक्षित गर्‍यो।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  १ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली