काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले उकालो लागेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ, जुन बिहीबारको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँभन्दा उल्लेख्य वृद्धि हो। त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ।
प्रतितोला २० रुपैयाँले बढेर चाँदीको नयाँ मूल्य तोलामा २,३२५ रुपैयाँ पुगेको छ। नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको आधारमा निर्धारण गरिन्छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र माग वृद्धिका कारण नेपाली बजारमा समेत सुनचाँदीको मूल्य प्रभावित हुँदै आएको व्यवसायीहरू बताउँछन्।
प्रतिक्रिया