२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन अनुरोध


४ जेष्ठ २०८२, आइतबार  

96
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय प्रणाली र बङ्गालको खाडी तथा अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको मिश्रित प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यस प्रणालीको कारण देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने अन्य भागहरूमा मौसम सामान्यतः सफा देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका भागहरूमा आंशिक बदलीको अवस्था रहनेछ।

यी प्रदेशका थोरै पहाडी स्थानहरूमा र अन्य केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ। तराई क्षेत्रमा — विशेषगरी मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भूभागमा — हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र उच्च स्थानहरूमा हल्का हिमपातको सम्भावना कायम रहेको छ। हावाहुरीको जोखिम पनि यथावत रहेकोले सतर्कता अपनाउनुपर्ने अवस्था देखिन्छ।

महाशाखाले सम्भावित वर्षा, हिमपात र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ