काठमाडौं । नवीन चौहान निर्देशित नेपाली फिल्म ऊनको स्वीटर ले प्रदर्शनको पहिलो सातामै उल्लेखनीय सफलता हात पारेको छ। वैशाख २६ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको यो फिल्मले सात दिनभित्र नै ५ करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै नेपाली बक्स अफिसमा गर्मी फैलाएको छ। निर्माण पक्षले पहिलो साताको कमाइ सार्वजनिक गर्दै दर्शकप्रति आभार व्यक्त गरेको छ।…