२३ बैशाख २०८३, बुधबार । May 6, 2026

कर्पोरेट महिला बाइक र्‍याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश


५ जेष्ठ २०८२, आइतबार  

27
Shares

काठमाडौं । कर्पोरेट समाचारद्वारा आयोजित “कर्पोरेट महिला बाइक र्‍याली २०२५”भव्य रूपमा सम्पन्न भएको छ।

महिलाको साहस, आत्मविश्वास र सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ४७ जना महिला बाइक राइडरले सहभागिता जनाएका थिए। र्‍याली रोयल इन्फिल्डको सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन समारोहमा नेपालकै पहिलो महिला स्कुटर चालक तथा स्वतन्त्रता आन्दोलनकी अग्रणी महिला कमला श्रेष्ठ, नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरी, पूर्व अध्यक्ष कृष्णप्रसाद दुलाल, रोयल इन्फिल्ड नेपालका निर्देशक मेघराज पौड्याल, तथा कर्पोरेट समाचार अनलाइनकी अध्यक्ष संगिता खत्रीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कमला श्रेष्ठले भनिन्, “बाइक चलाएर महिलाहरुले केवल सवारी मात्र होइन, आत्मविश्वास र क्षमताको प्रदर्शन पनि गरिरहेका छन्। नेतृत्व होस् या साहसिक कार्य, महिलाहरु अब कसैभन्दा पछि छैनन् भन्ने यो र्‍यालीले प्रस्ट पारेको छ।” नाडा अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको उल्लेख गर्दै यस्तो कार्यक्रमले अझ प्रोत्साहन मिल्ने बताए। “महिला बाइक र्‍यालीले नारी सहभागिता र योगदानको कदर गर्न सघाउनेछ,” उनले भने।

पूर्व अध्यक्ष कृष्णप्रसाद दुलालले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश दिने बताए। “महिला बाइक राइडरहरू केवल सडकमा हैन, सामाजिक सोच परिवर्तनमा पनि अगाडि छन्,” उनले जोड दिए। रोयल इन्फिल्डका निर्देशक मेघराज पौड्यालले भने, “महिला राइडरहरूको आत्मबल र क्षमताले हामीलाई गर्व लागेको छ। आगामी दिनमा अझ धेरै यस्ता साहसिक यात्रामा साथ दिन प्रतिबद्ध छौं।”

र्‍याली काठमाडौंबाट सुरू भएर नगरकोटसम्म पुगेको थियो । राइडरहरुको सडक सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै अल्का अस्पताल जाउला खेलबाट एम्बुलेन्स सहित मेडिकल साहायता प्रदान गरिएको थियो । नगरकोट पुगेका राइडरहरूलाई भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौवाञ्जाले स्वागत गरिन्। उनले भनिन्, “महिलाहरु अब घरको सीमामा मात्र होइनन्, सडकदेखि नेतृत्वसम्म हरेक क्षेत्रमा अगाडि छन्।

यस्तो साहसिक यात्राले त्यो सन्देशलाई थप बलियो बनाएको छ।” कार्यक्रमको समापनमा आयोजक संस्था कर्पोरेट समाचार अनलाइनकी अध्यक्ष संगिता खत्रीले सम्पूर्ण सहभागी तथा सहकार्य गर्ने संस्थालाई धन्यवाद दिँदै भनिन्, “महिलाहरूको आत्मबल र उत्साह देख्दा हामी अझ धेरै यस्ता कार्यक्रम ल्याउन प्रेरित भएका छौं।”

कार्यक्रममा सहभागी महिला राइडरहरूलाई मायाको चिनो र प्रशंसा–पत्र प्रदान गरियो। यस्ता गतिविधिहरूले महिला सशक्तीकरणमा मात्र होइन, सामाजिक सोच परिवर्तनमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट