२७ कार्तिक २०८२, बुधबार । November 13, 2025

खड्गी समाजद्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक



काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिको आयोजनामा “नायः खिं बाजा बोल” नामक पुस्तक सार्वजनिक गरिएको छ।

क्षेत्रपाटी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा सांसद विराजभक्त श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। प्रतीक खड्गीद्वारा लिखित र उजान नेवा शाहीद्वारा बोल सङ्कलन गरिएको उक्त पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिद्वारा प्रकाशित गरिएको हो। काठमाडौँ महानगरपालिकाको सहयोगमा प्रकाशित पुस्तकमा नायः खिं बाजाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरू प्रस्तुत गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि सांसद श्रेष्ठले नायः खिं बाजालाई अद्वितीय र गहिरो धार्मिक महत्व बोकेको बाजा भन्दै यसको संरक्षणका लागि आफू निरन्तर साथ रहने बताए। “यो बाजा अनुशासनमा बजाइने, नियममा आधारित, इतिहास बोकेको बाजा हो,” उनले भने, “म यसको संरक्षणमा आवश्यक पहल र सहयोग गर्न प्रतिबद्ध छु।”

अन्य अतिथिहरूले पुस्तक विमोचनलाई ऐतिहासिक क्षण भन्दै नायः खिं बाजाको संरक्षण र प्रवर्द्धनमा यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिका अध्यक्ष सुभाष शाहीले गरेका थिए। उनले खड्गी समुदायको सांस्कृतिक सम्पदाको अभिलेखीकरण र नयाँ पुस्तामा हस्तान्तरणको उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए।

कार्यक्रममा विभिन्न संस्कृतिकर्मी, समाजसेवी, गुरू वर्ग, गुठी थकाली तथा खड्गी समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई