काठमाडौं । आज बिहान लुक्लाका लागि उडेको समिट एयरको फ्लाइट नम्बर ३०१ मा प्राविधिक समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं फर्काइएको छ।
काठमाडौंबाट उडान भरेको केही समयपछि जहाजमा समस्या देखिएपछि पाइलटले सतर्कता अपनाउँदै सुरक्षित रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका हुन्। जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए। सबै यात्रु सकुशल छन् भने कुनै क्षति भएको छैन।
विमान कम्पनीका अनुसार आवश्यक प्राविधिक परीक्षणपछि मात्रै जहाजलाई पुनः सञ्चालनमा ल्याइनेछ।
प्रतिक्रिया