२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

रामप्रसाद पोख्रेल नेतृत्वमा दाङ जग्गा तथा आवास विकास संघको नयाँ कार्यसमिति चयन


५ जेष्ठ २०८२, आइतबार  

15
Shares

काठमाडौं । दाङ जग्गा तथा आवास विकास संघको हिजो सम्पन्न साधारणसभा तथा प्रथम अधिवेशनले रामप्रसाद पोख्रेललाई सर्वसम्मतरूपमा संघको अध्यक्षमा चयन गरेको छ।

घोराहीमा सम्पन्न अधिवेशनले पोख्रेलको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा दुर्गाप्रसाद खड्का वरिष्ठ उपाध्यक्ष, द्रोणराज पाण्डेय उपाध्यक्ष, बालाराम पाण्डेय महासचिव, विनय घिमिरे सचिव र रेमलाल गिरी कोषाध्यक्षमा चयन भएका छन्।

यस्तै, गोविन्दप्रसाद देवकोटा, मेघराज खड्का, अभियान वस्नेत, दिलीप खनाल, झुप्पलबहादुर केसी, नरेश बुढा मगर, दिपेन्द्र पुन मगर, डिल्लीबहादुर भण्डारी, सुनिल पाण्डेय र गञ्जबहादुर विष्ट सदस्यमा निर्वाचित भएका छन्। नवअध्यक्ष पोख्रेलले आफ्नो नेतृत्वमा संघलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए ।, उनले भने, “हामी जग्गा तथा आवास क्षेत्रको व्यवसायलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउँछौं।

संघलाई व्यावसायिक हितका साथै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय बनाइनेछ।’’ कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद घिमिरेले दाङको टरिगाउँ विमानस्थलको विस्तार अझै नहुनु दुःखद् भएको भन्दै, पूर्वाधारको विकास विना दाङको समुचित विकास सम्भव नहुने धारणा राखे।

त्यसैगरी लुम्बिनी प्रदेशका पूर्वमन्त्री राजु खनालले सरकारले ल्याएको जग्गा कित्ताकाट रोक्ने निर्णयको आलोचना गर्दै आवास क्षेत्रलाई उद्योगको रूपमा स्वीकार गर्नुपर्ने बताए।कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले आवास, कृषि, पर्यटन र उद्योगलाई छुट्याएर योजना बनाइनु पर्ने धारणा राखे भने तुलसीपुर उपमहानगर प्रमुख टीकाराम खड्काले उत्पादनशील जमिन टुक्र्याउने प्रवृत्तिले भविष्यमा अव्यवस्थित शहर बनाउने चेतावनी दिए।

कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष दीपक कुँवर, स्वर्गद्वारी नगरपालिकाका उपमेयर मीनराज राना, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतले आ–आफ्ना धारणा राखेका थिए। लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख छबिराज पोख्रेलले राजधानी गुरुयोजनाको प्रस्तुति दिएका थिए।

कार्यक्रमको अध्यक्षता संघका जिल्ला अध्यक्ष श्रीधर महराले गरेका थिए भने स्वागत मन्तव्य नारदमणि पोख्रेलले र सञ्चालन राशी रिजालले गरेका थिए।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  १२ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१