रेनी स्लेगर्सको प्रभावशाली नेतृत्वमा रहेको आर्सनल महिला फुटबल टोलीले १८ वर्षपछिको प्रतीक्षा तोड्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ। शनिबार भएको फाइनल खेलमा आर्सनलले स्पेनको बलियो टोली बार्सिलोनालाई १–० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि जित्यो। निर्णायक गोल खेलको ७४औं मिनेटमा स्टिना ब्ल्याकस्टेनसले गरेकी थिइन्, जुन खेलको एक मात्र र विजयी…