३१ आश्विन २०८३, शनिबार । October 17, 2026

आईपीएल: पञ्जाब किंग्स क्वालिफायरमा, मुम्बईलाई ७ विकेटले पराजित


१३ जेष्ठ २०८२, मंगलबार  

72
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को रोमाञ्चक मोडमा पञ्जाब किंग्सले उत्कृष्ट प्रदर्शन गर्दै क्वालिफायर चरणमा स्थान सुरक्षित गरेको छ ।

सोमबार राति भएको महत्वपूर्ण खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै पञ्जाब क्वालिफायरमा पुग्ने पहिलो टिम बनेको छ भने दोस्रो टिम आजको रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्सबीचको खेलपछि तय हुनेछ । यदि बैंगलोरले आजको खेल जितेमा उनी क्वालिफायरमा पुग्नेछ, नत्र भने मुम्बईसँग इलिमिनेटर खेल्नुपर्नेछ ।

क्वालिफायर खेलको विजेता टोली सिधा फाइनलमा पुग्नेछ भने पराजित टोलीले इलिमिनेटर चरणको विजेतासँग दोस्रो अवसर पाउनेछ । अहिलेको अंक तालिकामा पञ्जाब शीर्षमा, गुजरात दोस्रो, बैंगलोर तेस्रो र मुम्बई चौथो स्थानमा छन् । सोमबारको निर्णायक खेलमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो ।

तर जवाफी पारीमा पञ्जाबका प्रियन्स अर्या र जोश इंग्लिसले धैर्य र आक्रमणको मिश्रणसहित सानदार प्रदर्शन गरे । अर्याले ३५ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६२ रन बनाए भने इंग्लिसले ४२ बलमा ७३ रनको उत्कृष्ट इनिङ खेल्दा ९ चौका र ३ छक्का प्रहार गरे । कप्तान श्रेयस अय्यर २६ रनमा नटआउट रहे भने ओपनर प्रभसिम्रन सिंह १३ रनमै आउट भए ।

मुम्बईका लागि सूर्यकुमार यादवले ५७ रनको अर्धशतकीय योगदान दिएका थिए । यादवले ३९ बलमा ५ चौका र २ छक्कासहित यो इनिङ खेलेका थिए । साथमा र्यान रिकेलटनले २७, रोहित शर्माले २४, हार्दीक पाण्ड्याले २६, नमन धिरले २० र विल ज्याकले १७ रन बनाए । पञ्जाबको सन्तुलित ब्याटिङ प्रदर्शनले मुम्बईको बलिङ आक्रमणलाई प्रभावहीन बनायो र खेल ९ बल बाँकी छँदै ३ विकेटको क्षतिमा लक्ष्य भेट्न सफल भयो ।

अब सबैको ध्यान आजको खेलमा छ, जसले बाँकी समीकरणहरूलाई पूर्णता दिनेछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ७ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि