४ असार २०८३, बिहिबार । June 18, 2026

आईपीएल: पञ्जाब किंग्स क्वालिफायरमा, मुम्बईलाई ७ विकेटले पराजित


१३ जेष्ठ २०८२, मंगलबार  

72
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को रोमाञ्चक मोडमा पञ्जाब किंग्सले उत्कृष्ट प्रदर्शन गर्दै क्वालिफायर चरणमा स्थान सुरक्षित गरेको छ ।

सोमबार राति भएको महत्वपूर्ण खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै पञ्जाब क्वालिफायरमा पुग्ने पहिलो टिम बनेको छ भने दोस्रो टिम आजको रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्सबीचको खेलपछि तय हुनेछ । यदि बैंगलोरले आजको खेल जितेमा उनी क्वालिफायरमा पुग्नेछ, नत्र भने मुम्बईसँग इलिमिनेटर खेल्नुपर्नेछ ।

क्वालिफायर खेलको विजेता टोली सिधा फाइनलमा पुग्नेछ भने पराजित टोलीले इलिमिनेटर चरणको विजेतासँग दोस्रो अवसर पाउनेछ । अहिलेको अंक तालिकामा पञ्जाब शीर्षमा, गुजरात दोस्रो, बैंगलोर तेस्रो र मुम्बई चौथो स्थानमा छन् । सोमबारको निर्णायक खेलमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो ।

तर जवाफी पारीमा पञ्जाबका प्रियन्स अर्या र जोश इंग्लिसले धैर्य र आक्रमणको मिश्रणसहित सानदार प्रदर्शन गरे । अर्याले ३५ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६२ रन बनाए भने इंग्लिसले ४२ बलमा ७३ रनको उत्कृष्ट इनिङ खेल्दा ९ चौका र ३ छक्का प्रहार गरे । कप्तान श्रेयस अय्यर २६ रनमा नटआउट रहे भने ओपनर प्रभसिम्रन सिंह १३ रनमै आउट भए ।

मुम्बईका लागि सूर्यकुमार यादवले ५७ रनको अर्धशतकीय योगदान दिएका थिए । यादवले ३९ बलमा ५ चौका र २ छक्कासहित यो इनिङ खेलेका थिए । साथमा र्यान रिकेलटनले २७, रोहित शर्माले २४, हार्दीक पाण्ड्याले २६, नमन धिरले २० र विल ज्याकले १७ रन बनाए । पञ्जाबको सन्तुलित ब्याटिङ प्रदर्शनले मुम्बईको बलिङ आक्रमणलाई प्रभावहीन बनायो र खेल ९ बल बाँकी छँदै ३ विकेटको क्षतिमा लक्ष्य भेट्न सफल भयो ।

अब सबैको ध्यान आजको खेलमा छ, जसले बाँकी समीकरणहरूलाई पूर्णता दिनेछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ७ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा