३ आश्विन २०८३, शनिबार । September 19, 2026

एसीसी यू–१६ इस्ट जोन कप: नेपालद्वारा सिंगापुरमाथि सानदार जित

काठमाडौं । सिंगापुरमा जारी एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले सानदार प्रदर्शन गर्दै घरेलु टोली सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ। १३९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १६.३ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित हासिल गर्‍यो। ओपनिङ ब्याट्सम्यान प्रसिद्ध जैसीको संयमित अर्धशतकले नेपालको जितमा मुख्य भूमिका निभायो। जसैले सुरुदेखि नै पारीलाई…