१ जेष्ठ २०८३, शुक्रबार । May 15, 2026

दुम्कीवासको वैकल्पिक मार्गसमेत अवरुद्ध , पूर्व–पश्चिम यातायात पूर्ण रूपमा ठप्प


९ असार २०८२, सोमबार  

75
Shares

काठमाडौं । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्रको दुम्कीवासमा वैकल्पिक रूपमा सञ्चालन हुँदै आएको सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको दुम्कीवास पुल भाँचिएपछि अस्थायी डाइभर्सनमार्फत सवारी आवतजावत हुँदै आएको थियो। तर हालैको अविरल वर्षाले उक्त डाइभर्सन पनि बगाएपछि अर्को वैकल्पिक भित्री मार्ग प्रयोग गरिंदै आएको थियो। तर सोमबार बिहानदेखि त्यो मार्गसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

ढकालका अनुसार विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा वर्षापछि अत्यधिक बहाव बढ्दा वैकल्पिक मार्गसमेत प्रयोग गर्न नसकिने स्थिति बनेको हो। अहिले दुम्कीवास–दाउन्ने सडकखण्डमा सवारीसाधनको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत विनयी खोलामा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि साना तथा मध्यम (१२ चक्केसम्म) सवारीसाधनलाई वैकल्पिक मार्ग—होङ्सी गेट, सर्दी र ज्यामिरे हुँदै आवतजावत गराइएको थियो।

तर सो मार्ग पनि वर्षाले भत्किएपछि सम्पूर्ण यातायात अवरुद्ध बनेको हो। नदी तथा खोलामा आएको बहावसँगै अस्थायी डाइभर्सनहरूमा भरपर्दो संरचना नहुँदा यात्रुहरू बिचल्लीमा परेका छन्।

स्थानीय प्रशासन र सुरक्षा निकायले अवस्थाको अनुगमन गरिरहेको भए पनि तत्काल समस्या समाधान हुने सम्भावना देखिएको छैन।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Digital Regulation Between Allies: South Korea–EU Choices under U.S. Pressure

Introduction: The Geopolitics of Digital Regulation The politics of digital

President Trump’s Squid Game: The Korean Nuclear Debate

Introduction The Korean nuclear debate has been among the hidden

The Need for and Challenges of Institutionalizing Peaceful Coexistence on the Korean Peninsula

Recently, North Korea has simultaneously exhibited two sharply contrasting tendencies.

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको