३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

बाढीले नारायणगढ–बुटवल र गोरखा आरुघाट सडक पूर्ण रूपमा अवरुद्ध


९ असार २०८२, सोमबार  

90
Shares

काठमाडौं । सोमबार बिहानको अविरल वर्षासँगै पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले विनय खोलामा निर्माण गरिएको डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

यातायात अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट उद्धार तथा सहायता कार्यका लागि सुरक्षाकर्मीहरू खटाइएको जनाइएको छ। त्यस्तै, गोरखा नगरपालिका–८ स्थित ढुङ्गागाडेमा पर्ने गोरखा आरुघाट–बुङ्कोट लोकमार्गमा पनि सोमबार बिहानको वर्षाले ह्युम पाइप बगाएको छ। यस घटनापछि सडक भासिएको र यातायात सम्पूर्ण रूपमा रोकिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

वर्षासँगै आएको यी घटनाहरूले देशका विभिन्न भेगमा पूर्वाधार जोखिममा परेका छन् भने यात्रुहरू घण्टौँसम्म अलपत्र परिरहेका छन्।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली