२० भदौ २०८३, शनिबार । September 5, 2026

फिफा क्लब विश्वकप: म्यानचेस्टर सिटी र युभेन्ट्स अन्तिम १६ मा प्रवेश


९ असार २०८२, सोमबार  

141
Shares

काठमाडौं । इंग्लिस पावरहाउस म्यानचेस्टर सिटी र इटालियन जायन्ट युभेन्ट्स फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भएका छन्।

समूह ‘जी’ अन्तर्गत सोमबार सम्पन्न खेलमा दुवै क्लबले प्रभावशाली जित निकालेपछि एक खेल अगावै नकआउट चरणमा प्रबेश गरेका हुन्। विहानको पहिलो खेलमा म्यानचेस्टर सिटीले अल अइन एफसीलाई गोलवर्षा गर्दै ६–० ले पराजित गर्‍यो। सिटीका लागि इल्काए गुन्डोगानले दुई गोल गर्दा क्लाउडियो इचिभेरी, एर्लिङ हालान्ड, ओस्कार बब र रायन चेर्कीले एक–एक गोल गरे।

रातिको खेलमा युभेन्ट्सले मोरोक्कन क्लब वाइडाड एसीमाथि ४–१ को सहज जित हात पार्‍यो। युभेन्ट्सका लागि केनान विडिजले दुई गोल गरे भने दुसान भ्लाहोभिकले एक गोल थपे। अर्को गोल विपक्षी टिमको आत्मघाती प्रयासका कारण उपहारस्वरूप प्राप्त भएको थियो। वाइडाडका लागि एकमात्र सान्त्वना गोल थेबिनकोसी लोर्कले २५औं मिनेटमा गरे।

यस नतिजापछि समूह ‘जी’ मा म्यानचेस्टर सिटी र युभेन्ट्सले समान २ खेलमा ६–६ अंक जोड्दै अन्तिम १६ मा स्थान पक्का गरेका छन्। हार बेहोरेका अल अइन र वाइडाड एसी भने समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएका छन्। अब समूह चरणको अन्तिम खेलमा सिटी र युभेन्ट्सबीचको भिडन्तले समूह विजेता को बन्ने हो भन्ने टुंगो लगाउनेछ।

दुबै टोली उत्कृष्ट लयमा रहेकाले उक्त खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध