काठमाडौं । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्रको दुम्कीवासमा वैकल्पिक रूपमा सञ्चालन हुँदै आएको सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको दुम्कीवास पुल भाँचिएपछि अस्थायी डाइभर्सनमार्फत सवारी आवतजावत हुँदै आएको थियो। तर हालैको अविरल वर्षाले उक्त डाइभर्सन पनि बगाएपछि अर्को वैकल्पिक भित्री मार्ग प्रयोग गरिंदै आएको थियो। तर सोमबार बिहानदेखि त्यो…