३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

नेपालले एसीसी यू–१६ इस्ट जोन कपमा दोस्रो जित दर्ता, सेमिफाइनलको ढोका उघार्दै


११ असार २०८२, बुधबार  

345
Shares

काठमाडौं । नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राख्दै मंगलबार लगातार दोस्रो जित हात पारेको छ।

समूह ‘ए’ अन्तर्गत जापानविरुद्धको खेलमा नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको हो। नेपालको जितमा बलर शुभम खनाल नायक बने। उनले १० ओभरमा मात्र १५ रन खर्चेर ५ विकेट लिएका थिए। जापानले टस जितेर पहिले ब्याटिङ रोज्दा नेपाली बलिङ अक्रामक बन्यो र विपक्षी टोली ३४.४ ओभरमा ८० रनमै समेटियो।

जापानका लागि कप्तान चार्ली हारहिन्जले मात्र केही लय समाते– उनले ४८ बलमा ३६ रन बनाए। क्याबी हारहिन्जले १३ रन बनाएर साथ दिएका थिए। शुभमसँगै अभय यादवले २ विकेट हात पारे भने सुशील रावल र विपिन शर्माले समान १–१ विकेट लिएका थिए। पहिलो ४२ रनमै ५ विकेट गुमाएको जापानले त्यसपछि पनि लय समात्न सकेन र अन्ततः ८० रनमै समेटियो।

नेपालले जितका लागि पाएको ८१ रनको लक्ष्य १४.२ ओभरमा मात्र एक विकेटको क्षतिमा पुरा गर्‍यो। प्रसिद्ध जैसीले ३७ बलमा ३३ रन बनाए जसमा ३ चौका थिए। उनीसँगै शिवान्स बजगाईंले ४२ बलमा ७ चौकाको सहयोगमा ३८ रन बनाए। उनीहरूले दोस्रो विकेटका लागि अविजित ७६ रनको साझेदारी गरे।

नेपालको एकमात्र विकेट जोय थापा थिए, जो काइसेई कोबायसीको बलमा ७ बलमा १ रन बनाएर आउट भए। यस जितसँगै नेपाल समूह ‘ए’ मा शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई हराएको थियो र अब २ खेलबाट ४ अंक बनाएको छ। जापान २ अंकमै सीमित रह्यो। अब नेपालले आइतबार तेस्रो खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणको अन्तिम खेल भने भुटानविरुद्ध हुनेछ।

नेपालले हालसम्म देखाएको लय र खेल स्तरले सेमिफाइनलमा स्थान पक्का गर्ने सम्भावना प्रबल बनाएको छ। शुभम खनालको बलिङ, शिवान्स र प्रसिद्धको सुदृढ ब्याटिङले टिमको मनोबल उच्च बनाएको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली