धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने तयारी गरेका छन् । बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाह बहुमत नपुग्ने भएपछि राजीनामा दिने अवस्थामा पुगेका हुन् । मुख्यमन्त्री शाहले आजै प्रदेश प्रमुख नजीर मियाँलाई राजीनामा बुझाउन लागेका छन् ।